यू–२० साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपालले बङ्लादेशसँग खेल्दै

काठमाडौं ! बङ्लादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले बङ्लादेशसँग खेल्दैछ । खेल ढाकामा बेलुका पौने ६ बजे हुनेछ । आज घरेलु टोली बङ्लादेशलाई पराजित गर्दै उपाधि जित्ने नेपालको दाउ छ ।

नेपालका मुख्य प्रशिक्षक यम गुरुङले कडा प्रतिस्पर्धा गर्ने बताएका छन् । तर, घरेलु टोलीलाई पराजित गर्न सजिलो भने छैन । बङ्लादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले पनि फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगितामा नेपाल र आयोजक बङ्लादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *