कोपा इटालियाको सेमिफाइनलमा पुग्यो युभेन्ट्स

एजेन्सी ! युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लाजियोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्स सेमिफाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको जितमा ग्लिसन ब्रेमेरले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा ब्रेमेरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम समयसम्म दुबै टोलीबाट गोल हुन नसक्दा युभेन्ट्सले जित निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *