म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश

एजेन्सी ! कासिमिरोको दुई गोलको सहयोगमा म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित रिडीङलाई ३–१ गोल अन्तरले हराउँदै युनाइटेड पाँचौँ चरणमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कासिमिरोले दुई गोल गरे ।त्यस्तै फ्रेडले एक गोल गरे । यता रिडीङका लागि अमाडउ बेनग्यूले एक गोल फर्काए ।  कासिमिरोले खेलको ५४ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

खेलको ५८ औँ मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । खेलको ६५ औँ मिनेटमा एन्डी कारोलले रातो कार्ड पाएपछि रिडीङ १० खेलाडीमा समेटियो ।

फ्रेडले खेलको ६६ औँ मिनेटमा गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए । यता रिडीङका लागि खेलको ७२औँ मिनेटमा अमाडोउ सालिफले एक गोल फर्काए पनि युनाइटेडले ३–१ गोलको जित निकाल्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *