फ्रान्सेली राष्ट्रपतिले फुटबल स्टार एमबाप्पेलाई दिए सान्त्वना

एजेन्सी ! फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् । पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *