टिम पराजितका कारण पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोस बर्खास्त

एजेन्सी ! विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएसँगै पोर्चुगिज राष्ट्रिय टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन्। कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा अफ्रिकी मुलुक मोरक्कोसँग १–० को नतिजामा पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो।

आठ वर्षअघि पोर्चगलको प्रशिक्षक नियुक्त भएका थिए। सान्तोसले पोर्चुगललाई सन् २०१६ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जिताएका थिए। त्यस्तै, सन् २०१८–१९ मा नेसन्स लिगको पहिलो संस्करणको च्याम्पियन पनि बनाएका थिए।

पोर्चुगिज फुटबल संघ (एफपीएफ)ले ‘नयाँ साइकल सुरु गर्ने उपयुक्त समय’ बताएको छ। सन् २०२४ को युरोपियन च्याम्पियनसिपसम्म सम्झौता बाँकी रहे पनि सान्तोसले आपसी समझदारीमा पद छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *