विश्वकप फुटबल : मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स फाइनलमा प्रवेश

काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ । कतारको दोहास्थित अल बायत स्टेडियम आज भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने खेलको दोस्रो हाफमा एक गोल थप्यो ।

फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले एक एक गोल गरे । हर्नान्डेज खेलको पाँचौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए ।

उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सदुपयोग गर्दै गोल गरेका थिए ।

त्यस्तै खेलको ७९ औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए ।

उनले बेन्चबाट मैदान छिरेको एक मिनेट पनि नबित्दै गोल गर्न सफल भए । उनी ७९ औँ मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *