क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३(० गोलअन्तरको जीत सुनिश्चित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *