पोर्चुगललाई १-० गोलले हराउँदै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं ! योसुफ एन–नेसेरीका निर्णायक गोलप्रेरित मोरक्को क्वार्टरफाइनलमा पोर्चुगललाई १–० को नतिजामा पराजित गर्दै फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ।

विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी मुलुकबाहेक सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। यसअघि सन् २००२ मा दक्षिण कोरिया र १९३० मा अमेरिका सेमिफाइनलमा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *