क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले दिए पदबाट राजिनामा

काठमाडौं । आफ्नो टिम क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् ।

शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका हुन् ।

टोलीको हारसँगै प्रशिक्षक टिटेले ६ वर्षे राष्ट्रिय टोलीको यात्राबाट बिदा लिएका हुन् ।

प्रतियोगिता सुरू हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवारीमा नरहने बताएका थिए ।

डुंगाले छाडेपछि उनी ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । ६१ वर्षीय प्रशिक्षक पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाएपनि विश्वकपमा क्वाटरफाइनल चरण पार गर्न सकेनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *