नेदरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं ! नेदरल्याड्सलाई पराजित गर्दै अर्जेन्टिना  विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान कतारको लुसाइल रंगशालामा ​ सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले नेदरल्याड्सलाई स्तब्ध बनाउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरी र अतिरिक्त समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा अर्जेन्टिनाले बाजी मार्दा नेदरल्याड्स घर फर्किन बाध्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *