विश्वकप फुटबल : हाफटाइम सम्म स्पेन र मोरक्को बराबरी

काठमाडौं ! विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा स्पेन र मोरोक्कोले पहिलो हाफसम्म गोलरहित बारबरी खेलेका छन् ।

कतारको एजुकेशन सिटी रंगशालामा पहिलो हाफको खेल सकिँदासम्म दुवै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बराबरी खेलेका छन् ।

मोरोक्को समूह ‘एफ’ को विजेता टिम हो । मोरोक्कोले तीन खेलबाट दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै सात अंक बनाएको थियो । यो आफ्नो अपराजित यात्रालाई कायमै राख्दै क्वार्टरफाइनलमा पुग्ने संकल्पमा मोरोक्को रहेको छ ।

स्पेन समूह ‘ई’ को उपविजेता टिम हो । स्पेनले तीन खेलमध्ये एक खेलमा जित एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै चार अंक बनाएको थियो । पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेलेको थियो । तर समूह चरणको आफ्नो अन्तिम खेलमा जापानसँग स्पेन २–१ ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *