विश्वकप फुटबल अन्तर्गत आज प्रि-क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदै

काठमाडौं ! कतारमा जारी फिफा विश्वकप फुटबल- २०२२ मा आज प्रि-क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन्।

मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिष्पर्धा हुनेछ। एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ।

आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन्। मोरक्को समूह ‘एफ’ बाट विजेता बनेको हो भने स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

आज नै हुने दोस्रो खेलमा पोर्चुगल र स्विट्जरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ। प्रि-क्वाटरफाइनलको अन्तिम खेल राति १२ः४५ बजे सुरु हुनेछ।

लुसिल स्टेडियममा हुने यो खेलमा दुवै टिम विजयी बन्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन्।

पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *