फिफा विश्वकप फुटबल : कोस्टारिकाले जापानलाई १–० गोलले हरायो

काठमाण्डाै ! फिफा विश्वकप फुटबल अन्तर्गत आजको पहिलो खेलमा कोस्टारिकाले जापानलाई हराएको छ । कतारको अहमद विन अलि रंगशालामा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोलले हरायो ।

कोस्टारिकाको लागि ८१ औँ मिनेटमा केइशर फुलरले गोल गरे । जितसँगै कोस्टारिका समूह ई मा तीन अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । समान तीन अंक नै रहेको जापान गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । एसियाको पावर हाउस मानिने जापानले पहिलो खेलमा जर्मनीलाई २–१ गोलले हराएको थियो । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *