स्पेनिस ला लिगा : बार्सिलोनाले ओसासुनालाई २–१ गोल अन्तरले हरायो

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन पेड्री र रािफन्हाले गोल गरे । घरेलु टोलीका डेभिड गार्सियाको गोल सान्त्वना बन्यो । खेलको छैटौं मिनेटमा गार्सियाको गोल गर्दै ओसासुनालाई अग्रता दिलाए पनि जोगाउन सकेन ।

३१औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । फरवार्ड रोबर्ट लेवान्डोस्की दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डिफेन्डर जेरार्ड पिके सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना ९ खेलाडीमा समेटिएको थियो ।

९ खेलाडीमा समेटिएको बार्सिलोनाले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै महत्वपूर्ण जित निकाल्यो । ४८औं मिनेटमा पेड्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा परिवर्तित खेलाडी राफिन्हाले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडलाई ५ अंकले पछि पारेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको १४ खेलबाट ३७ अंक पुगेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ३२ अंक छ । पराजित ओसासुना २३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *