स्पेनिस् ला लिग : बार्सिलोनाद्वारा सेल्टा डि भिगोलाई १-० गोल अन्तरले पराजित  

एजेन्सी । स्पेनिस् ला लिगमा बार्सिलोनाले कठिन जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा पहिलो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा पाब्लो गाभीको पासलाई नुनेजले क्लियर गर्न नसकेपछि पेड्रीले बल भेट्दै गरेको प्रहारले जाली चुमेको थियो ।

त्यसपछि पनि बार्सिलोनाले पाहुना टोलीमाथि दवाव बढाएपनि थप गोल गर्न नसक्दा पहिलो हाफमा पेड्रीले गरेको गोल नै बार्सिलोनालाई ३ अंक जोड्दै शीर्षस्थानमा पुग्न पर्याप्त बन्यो ।

यो जितसँगै बार्सिलोना ला लिगामा शीर्षस्थानमा फर्किएको छ । अपराजित रहेको बार्सिलोना ८ खेलबाट २२ अंक जोडेको छ । समान २२ अंक नै रहेपनि अपराजित नै रहेको रियल गोल अन्तरमा बार्सिलोनासँग पछि छ । परािजत सेल्टा १० अंक जोडेर ११औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *