च्याम्पियन्स लिग : रियलको शत प्रतिशत नतिजा कायमै

काठमाडौं ! सान्टियागो बर्नेबाउमा साख्तार डोनेस्कमाथि २–१ को सङ्घर्षपूर्ण जीत हासिल गर्दै रियल मड्रिडले यो सिजन च्याम्पियन्स लिगमा आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ ।

साबिक विजेताले खेलको सुरुवातमा नियन्त्रण बनाउँदै खेलको १३ औँ मिनेटमा रोड्रिगोको गोलको मद्दतले अग्रता लिएको थियो । २८ औँ मिनेटमा भिनिसियस जुनियरले टोलीको अग्रता दोब्बर बनाए । तर ३९ औँ मिनेटमा ओलेक्सान्डर जुबोकले एक गोल फर्काएपछि रियल दबाबमा परेको थियो ।

दोस्रो हाफमा कुनै गोल हुन सकेन र रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । समूह एफको अन्य खेलमा आरबी लेइपजीगले सेल्टिकलाई ३–१ गोलले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *