कर्णाली प्रदेशलाई हराउँदै सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

धनगढी । धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।

शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो । लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ गोलले हराएको हो ।

यसअघि निर्धारित समयमा दुवै टोलीले एक–एकको बराबरी खेलेका थिए । दुवै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो ।

उपाधिसँगै लुम्बिनी प्रदेशले रु पाँच लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले रु तीन लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित लुम्बिनी प्रदेशका फागुराम चौधरीले रु २० हजार प्राप्त गरे ।

यस्तै उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारू, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए । उनीहरूले जनही रु १०–१० हजार पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *