युइएफए नेसन्स लिग : स्पेनले १-० ले पराजित गर्‍यो पोर्चुगललाई

एजेन्सी । पोर्चुगललाई पराजित गर्दै स्पेन युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनले पोर्चुगललाई उसैका मैदानमा १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

स्पेनको जितमा खेलको अन्तिम समयमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा निको विलियम्सको पासमा गोल गर्न सफल भएका थिए ।

स्टेडियो म्युन्सिपल ब्रागामा मंगलबार राति भएको खेलको घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि स्पेनको गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो ।

यस जितसँगै स्पेन नेसन्स लिग ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्डले ९ तथा चेक रिपब्लिकले ४ अंक जोड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *