रियलले एट्लेटिको मड्रिडलाई २-१ ले पराजित

एजेन्सी । स्पेनिस ला लिगाको मड्रिड डर्वीमा रियल म्याड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई उसकै मैदानमा २-१ ले हराएको हो ।

रियलको जितमा रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका मारियो हर्मोसोले एक गोल फर्काए ।

खेलको १८औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

८३औं मिनेटमा एट्लेटिको हर्मोसोले एक गोल फर्काए । हर्मोसो परिवर्ति खेलाडीको रुपमा ७२औं मिनेटमा यान्निक कारास्कोको स्थानमा मैदान छिरेका थए ।

यो रियलको लगातार छैटौं जित हो । शत प्रतिशत जित निकालेको रियल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले बार्सिलोनालाई २ अंकले पछि पारेको छ ।

पराजित एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *