साफ महिला च्याम्पियनशिप : भारतलाई १-० ले हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ ।

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।

अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई आठ–शून्य गाेलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेकाे हाे । फाइनल खेल साेमवार बेलुकी ५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *