युइएफए च्याम्पियन्स लिग : बार्यन म्युनिखसँग बार्सिलोना पराजित

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग बार्सिलोना पराजित भएको छ ।

गएराति भएको खेलमा बार्सिलोना बार्यनसँग २–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा बार्यनलाई जित दिलाउनको लागि लुकास हर्नान्डेज र लिरोए सानले एक–एक गोल गरोा ।

खेलको ५०औं मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । उनले योसुवा किम्मिखको पासमा गोल गरेका थिए । त्यसको चार मिनेट पछि जमल मुसिएलाको पासमा लिरोए सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलिबाट थप गोल हुन नसक्दा खेल बार्यनले जित्यो ।

यस जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बायर्न ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *