नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेस

काठमाडौं । फाइनल उत्रनका लागि बराबरी गरे पुग्ने नेपालले त्यही नतिजा निकाल्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । यो ऐतिहासिक सफलता नेपाली टोलीले बंगलादेशविरुद्धको खेलको ८८ औं मिनेटमा सम्भव तुल्याएको थियो ।

खेलको नवौ मिनेटमा नै अस्वभाविकरुपमा पछि परेको नेपालले बराबरीमा उभिन ८८ औं मिनेटसम्म कुर्नु पर्यो । ७९ औ मिनेटमा डिबक्स बाहिर आएर हातले बल रोक्दा गोलरक्षक अनिसुर रहमानले रातो कार्ड पाएपछि बगलादेश १० खेलाडीमा सीमित बनेको थियो । निरन्तर बंगलादेशको पोलमा दबाब दिइरहेको नेपालले खेलको ८८ औ मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेल बराबरी गरेको हो । पेनाल्टीलाई अञ्जन विष्टले सुन्दर ढंगले गोलमा परिणत गरेका थिए ।

यस अघि पाँच पटक नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । आजको खेलमा अधिकांश समय गोल नियन्त्रणमा लिए पनि नेपाली खेलाडी बारम्बार चुक्दै आएका थिए । प्रशिक्षक अब्दुल्ला अल्मुतारीले सुरुदेखि नै आक्रमक खेल खेलाएका थिए ।

यस अघि खेलको नवौं मिनेटमा बंगलादेशका जर्सी नम्बर सातका खेलाडी सिमोन रेजाले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

माल्द्धिभ्सको राजधानी मालेको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले जितको दावी गरेपनि बराबरी नै काफी भएको छ फाइनल उत्रनका लागि । अब नेपालले आयोजक माल्द्धिभ्स र भारतबीचको विजेतासंग उपाधिका लागि भिड्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *