इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी पराजित

काठमाडौं ! साउथह्याम्पटनसँग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले  इङ्ग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा पहिलो हार बेहोरेको छ  । घरेलु टोली साउथह्याम्पटनको जितमा  रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३ औं मिनेटमा अग्रता लिएका थिए ।

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा  छ । यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा  लिड्स युनाइटेड  र एभर्टनले १-१ गोलको बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *