एम्बाप्पेको ह्याट्रिकले पेरिस सेन्ट जर्मनको शानदार जीत

एजेन्सी ! किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लिग वानमा लिलमाथि ७-१ को शानदार जीत हासिल गरेको छ । एम्बाप्पेले लियोनेल मेस्सीको पासमा खेल सुरु भएको ८ सेकेन्डमा नै गोल गरेका थिए । मेस्सीले खेलको २७ औँ मिनेटमा अग्रता दोब्बर बनाएर असरफ हाकिमीले तेस्रो गोल थपे । पहिलो हाफको अन्त्य र दोस्रो हाफको सुरुवातमा नेयमारले एक-एक गोल गरे ।

त्यसपछि एम्बाप्पेले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । तीन खेलबाट ३ वटामै जीत हासिल गर्दै पीएसजी लिगको शीर्ष स्थानमा रहेको छ । लिल भने लिगको १२ औँ स्थानमा सीमित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *