स्पेनिस ला लिग : बार्सिलोनाले रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित

एजेन्सी । स्पेनिस ला लिगमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोवर्ट लेवान्डोस्कीको दुई गोल गरे भने औसमाने डेम्वेले र अन्सु फातीले समान एक–एक गोल गरे । सोसाडाडको एलेक्सान्डर इसाक एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमा नै लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले एलेक्स बाल्डेको पासमा गोल गरेका थिए । छैटौं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६६औं मिनेटमा औसमाने डेम्वेले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । उनले फातिको पासमा गोल गरेका थिए । ६८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाए । उनले फातीको पासमा गोल गरेका थिए । ७९औं मिनेटमा फातिले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए ।

यो जितसँगै बार्सिलोना दुई खेलबाट ४ अंक जोडेर ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । हार बेहोरेको सोसिडाड ३ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *