इङ्ग्लिस प्रिमियर लिगमा तेस्रो जितसँगै आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाडौं ! इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित निकालेको हो ।

आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । यस जितसँगै ३ खेलमा ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *