डी मारियाको डेब्युसँगै युभेन्टसले गर्‍यो विजयी सुरुवात

एजेन्सी । इटालियन सिरी ‘ए’ मा युभेन्टसले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा युभेन्टसले सस्सुलोलाई ३–० ले पराजितले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

युभेन्टसलाई सानदार जित दिलाउनको लागि डुसान भ्लाहोभिचले दुई गोल गरे भने एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट गरे ।

खेलको २६औं मिनेटमा डि मारियाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । डि मारियाले युभेन्ट्सका लागि सिरी ‘ए’ को डेब्यु खेलमै गोल गरेको थिए ।

४३औं मिनेटमा भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा जियान मार्को फेररारीले भ्लाहोभिचलाई नै फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै युभेन्ट्सलाई पेनाल्टी दिएको थियो ।

५१औं मिनेटमा डि मारियाको पासमा भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई ३–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्ट्स विजयी हुन सफल रह्यो ।

यो जितसँगै युभेन्ट्सले ३ अंक जोडेको छ । सस्सुलो अंकविहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *