पीएसजीले मोन्टपिलोयरलाई ५-२ अन्तरले पराजित

काठमाडौं ! स्टार खेलाडी नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा पीएसजीले मोन्टपिलोयरलाई ५-२ अन्तरले पराजित गर्यो । पिएसजीको जितमा नेयमारले दुई तथा एम्बाप्पेले सहित रिनाटो सान्चेजले एक एक गोल गर्दा फालाए साक्नोले आत्मघाती गोल गरे ।

यस्तै भ्रमणकारी टोलीका लागि वाहबी खाज्री र यन्जोले सान्त्वना गोल गरे । पीएसजीको जितमा लियोनल मेस्सी भने गोल बिहिन रहे  ।

जितसँगै दुई खेलबाट ६ अंक बनाएको पिएसजी शीर्ष स्थानमा छ । दोस्रो स्थानको लिलको ४ अंक छ । यस्तै पराजित मोन्ट ४ अंक सहित आठौं स्थानमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *