इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटीले बर्नमाउथलाई ४–० ले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई सानदार जित दिलाउनका लागि इल्काए गुन्डोगन, केभिन डे ब्रुएन र फिल फोडेनले एक–एक गोल गरे । एक गोल भने उपहार गोल पायो ।

खेलको १९औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३१औं मिनेटमा डे ब्रुएनले अग्रता दोब्बर परे । ३५औं मिनेटमा फोडेनले गोल गर्दै ३–० को अग्रता दिलाए । ७९औं जेफर्सन लर्माले आत्हघाति गोल गर्दा सिटीले सानदार जित निकाल्यो ।

सिटीको यो लगातार दोस्रो जित हो । जितसँगै ६ अंक जोडेको छ । यसअघि सिटीले पहिलो खेलमा वेस्ट ह्यामलाई २–० ले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *