जर्मन बुन्डेसलिगा : बार्यन म्युनिखले ऐन्ट्राच्ट फ्रांकफर्टलाई ६–१ गोल अन्तरले हरायो

एजेन्सी ! जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा बार्यन म्युनिखले ऐन्ट्राच्ट फ्रांकफर्टमाथि ६–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ। शुक्रबार राति भएको खेलमा बार्यनलाई जित दिलाउने क्रममा जमाल मासिएलाले दुई, जोसुआ किमिच, बेन्जामिन पवार्ड, साडियो माने, सर्ज जीनाब्रीले एक/एक गोल गरे। विपक्षी टोलीका लागि रान्डाल कोलो मोआनीले एक गोल फर्काए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *