नेसन्स लिग : पोर्तुगलले चेक रिपब्लिकालाई २-० गोल अन्तरले पराजित

एजेन्सी । युइएफए नेसन्स लिगमा पोर्तुगलले सहज जित निकालेको छ । गएराति भएको खेलमा पोर्तुगलले चेक रिपब्लिकालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्तुगललाई सहज जित दिलाउनको लागि जोओ क्यान्सेलो र गोन्कालो गुइडेसले गोल गरे । दुवै गोल पहिलो हाफमा ६ मिनेटको अन्तरमा भएको थियो ।

३३औं मिनेटमा जोओ क्यान्सेलो गोल गर्दै पोर्तुगललाई अग्रता दिलाएका थिए । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए । त्यसको पाँच मिनेटपछि सिल्भाकै पासमा गोन्कालो गुइडेसले गोल गर्दै पोर्तुगललको अग्रता दोब्बर बनाए ।

त्यसपछि दोस्रो हाफमा थप गोल हुन नसक्दा खेल पोर्तुगलले जित्यो । यो जितसँगै पोर्तुगल ३ खेलबाट ७ अंक जोडेर समूह ए ग्रुप २ को शीर्षस्थामा रहेको छ ।

पराजित चेक रिपब्लिक ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । स्पेन ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्डले अंकको खाता दोल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *