युइएफए नेसन्स लिग : इटालीद्रारा हंगेरी पराजित

एजेन्सी । युइएफए नेसन्स लिगमा इटालीले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा इटालीले हंगेरीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली इटालीलाई जित दिलाउनको लागि निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले गोल गरे । हंगरीले उपहार गोल पाएको थियो ।

खेलको ३०औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इटालीले सुरुवाती अग्रता लिएको थियो । ४५औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे ।

६१औं मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि हंगेरी खेलमा फर्कने संकेत देखिएको थियो । तर, त्यसपछि थप गोल निस्कन नसक्दा इटाली विजयी हुन सफल भयो ।

पहिलो जितसँर्ग इटाली दुई खेलबाट ४ अंक जोडेर समूहमा शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको हंगेरी ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । जर्मनीको २ तथा इंग्ल्यान्डको १ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *