मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले पराजित

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले पराजित गरेकाे हेा ।

अर्जेन्टिनलाई सानदार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सी एक्लैले पाँचै गोल गरे । एकपक्षीय बनेको खेलमा मेस्सीले पहिलो हाफमा दुई गोल गरेका थिए भने दोस्रो हाफमा तीन गोल थपे ।

खेलको आठौं मिनेटमा मेस्सीले पोनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा मेस्सीले नै गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

४७औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे । ७१औं र ७६औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सानदार जित दिलाए । योसँगै अर्जेन्टिना ३३औं खेलसम्म अपराजित रहन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *