युक्रेनलाई हराउँदै वेल्स भयो विश्वकपमा छनौट

एजेन्सी । वेल्स यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । गएराति भएको खेलमा युक्रेनले आत्मघाती गोल गरेपछि वेल्स विश्वकपमा छनोट भएको हो ।

वेल्सको जितमा पहिलो हाफमा एन्ड्रिए योर्मोलेन्कोले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । उनले ३४औं मिनेटमा ग्यारेथ बेलको फ्रिकिकलाई बचाउने क्रममा आफ्नै पोस्टमा गोल गरेका थिए ।

खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि युक्रेनले वेल्सको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुन सफल भएको हो । वेल्सले यसअघि सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *