नवयुग श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्त

काठमाडौं ! नवयुग श्रेष्ठले राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी पाएका छन् । मंगलबार एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको हो ।

प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् । नेपाली टोली  यसअघिका कप्तान किरण चेम्जोङलाई पनि प्रशिक्षक अल्मुताइरीले टिममा सामेल गरेका थिएनन् ।

उपकप्तान रोहित चन्दसहित १० खेलाडीको कदममा किरणले समेत खेलाडीको आधारभूत आवश्यकताको विषयमा कुरा उठाएका थिए । एन्फाले आज नै कतारमा हुने एसिया कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमलाई बिदाई गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *