इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटीले न्यूक्यासललाई ५-० गोल अन्तरले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलेमा सिटीले न्यूक्यासललाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई सानदार जित दिलाउनको लागि रहिम स्टर्लिङले दुई गोल गरे भने राड्रि, एमरिक लापोर्टेले र फिल फोडनले एक-एक गोल गरे । सिटीले पहिलो हाफमा दुई गोल गरेको थियो भने दोस्रो हाफमा तीन गोल थप्यो ।

खेलको १९औँ मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा एमरिक लापोर्टेले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

६१औं मिनेटमा राड्रीले गोल गर्दे सिटीलाई ३-० को अग्रता दिलाए । ९०औं मिनेटमा फिल फोडन र इन्ज्युरी समयमा स्टर्लिङले गोल गर्दै सिटीलाई सानदार जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुललाई ३ अंकले पछि पारेको छ । ३५ खेलमा सिटीले ८६ अंक र दोस्रो स्थानको लिभरपुलको ८३ अंक जोडेको छ । न्यूक्यासल ४३ अंकसहित १३औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *