स्पेनिस् ला लिग : बार्सिलोनाद्रारा रियल बेटिस २–१ गोलले पराजित

एजेन्सी । स्पेनिस् ला लिगमा बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खलेमा बार्सिलोनाले रियल बेटिसलाई २–१ ले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाएनको लागि अन्सु फाती र डिफेन्डर जोर्डी अल्वाले एक–एक गोल गरे । घरेलु टोलीका मार्क बारट्राले एक गोल फर्काए ।

खेलको ७६औं मिनेटमा अन्सु फातीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । तर बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन । ७९औं मिनेटमा मार्क बारट्राले नविल फेकिरको पासमा गोल गर्दा खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा अल्वाले ड्यानी आल्भेसको पासमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

यो जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलबाट ६९ अंक पुगेको छ । पराजित रियल बेटिस ५८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *