इंग्लिस प्रिमियर लिग : ब्राइटनद्रारा म्यानचेस्टर युनाइटेड ४-० गोलले पराजित

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । गएराति भएको खेलमा युनाइटेड घरेलु टोली ब्राइटनसँग ४–० ले पराजित भएको हो ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोलीका मोइसेस काइसेडो, मार्क कुकुरेल्ला, पास्कल ग्रस र लियान्द्रो ट्रोससार्डले गोल गरे । पहिलो हाफमा एक गोल गरेको ब्राइटनले दोस्रो हाफमा तीन गोल थप्यो ।

जितसँगै ब्राइटन ३६ खेलबाट ४७ अंक जोडेर नवौं स्थानमा रहेको छ । युनाइटेड ३७ खेलबाट ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

हारसँगै युनाइटेडको अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने टोलीको सम्भावना समाप्त भएको छ ।
अब युनाइटेडले एक खेल खेल्न बाँकी रहँदा अर्को सिजनको लागि युरोपा लिगमा छनोट हुने सम्भावना पनि न्युन बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *