च्याम्पियन्स लिग : रियल म्याड्रिड फाइनलमा

एजेन्सी । रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनमा प्रवेश गरेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै समग्रमा ६-५ को जित निकाल्दै रियल फाइलमा प्रवेश गरेको हो ।

सेमिफाइनको पहिलो लेगमा रियल एक गोलले पछि परेको थियो । सिटीको घरेलु मैदानमा भएको खेलमा रियल ४-३ ले पछि परेको थियो । आफ्नो घरेलु मैदानमा भएको खेलमा खेलको अन्त्यतिर पाँच मिनेटको अन्तरमा तीन गर्दै रियलले फाइनलमा स्थान बनाएको हो ।

खेलको ७३औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, इन्ज्युरी समयको अन्त्यतिर ब्राजिली फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गर्दै रियललाई फाइनलमा पुर्याए ।

अब रियलले उपाधिका लासग २९ मे मा इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ । लिभरपुलले मंगलबार राति स्पेनिस क्लब भिल्लारियललाई समग्रमा ५-२ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *