इंग्लिस प्रिमियर लिग : चेल्सी र म्यान्चेस्टर युनाइटेड बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेड बराबरी खेलेका छन् । गएराति भएको खेलमा चेल्सी र युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाडेको हाे ।

युनाइटेडकाे घरेलु मैदानमा भएको खेलमा चेल्सीको लागि मार्कोस अलन्सो गरे भने घरेलु टोलीको लागि क्रिस्टियानो रोनाल्डोले गोल फर्काए । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ६०औं मिनेटमा मार्कोस अलन्सोको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनले काई हाभर्टजको पासमा गोल गरेका थिए ।

तर, चेल्सीको त्यो अग्रता दुई मिनेट पनि टिकेन । ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । उनले नेमान्जा माटिचको पासमा गाेल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीसँगै चेल्सीले ३३ खेलबाट ६६ अंक जोडेर तेस्रो याथावत छ । ३५ खेलबाट ५५ अंक जोडेको युनाइटेड छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *