बायर्नलाई लगातार १०औं पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि

एजेन्सी । तीन खेल बाँकी छँदै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ ।

गएराति भएको खेलमा बोरुसिया डटृमुन्डलाई ३-१ ले पराजित गर्दै बायर्न लगातार १०औं पटक च्याम्पियन बनेको हो । बायर्नको यो समग्रमा ३२औं बुन्डेसलिगा उपाधि हो ।

बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले समान एक–एक गोल गरे । डर्टमुन्डका इम्री क्यानले एक गोल फर्काए ।

खेलको १५औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा इम्री क्यानले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ८३औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई सहज जित दिलाए ।

यो जितसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको डर्टमुन्डको समान खेलबाटै ६३ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *