म्यानचेस्टर सिटीद्रारा ब्राइटन ३–० गोल अन्तरले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई सानदार जित दिलाउनको लागि रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले समान एक–एक गोल गरे । सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।

सिटीले सुरुवातदेखि नै दबाबमा राखेपनि ब्राइटनले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । खेलेको ५३औँ मिनेटमा महरेजले गोल गर्दैै सिटीलाई अग्रता दिलाएका थिए ।

६५औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ८२औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई जित दिलाए ।

यो जितसँगै सिटी पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ । ३२ खेलमा ७७ अङ्क जोडेको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । पराजित ब्राइटन ४० अङ्क जोडेर दशौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *