इन्टर मिलान कोपा इटालियाको फाइनमा प्रवेश

एजेन्सी । इन्टर मिलान कोपा इटालियाको फाइनमा प्रवेश गरेको छ । गएराति भएको खेलमा एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गर्दै इन्टर फाइनलमा पुगेको हो ।

इन्टरलाई सानदार जित दिलाउनको लागि अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज नायक बने । उनले दुई गोल । एक गोल रोविन गोसेन्सको नाममा रह्यो ।

खेलको चौथो मिनेटमा नै मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । उनले माटियो डरमिएनको पासमा गोल गरेका थिए । ४०औँ मिनेटमा मार्टिनेजले नै गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । उनले जोअक्विन कोरेआको पासमा गोल गरेका थिए ।

खेलको ७९औँ मिनेटमा गोसेन्सले गोल गर्दै इन्टरलाई सानदार जित दिलाए । उनले मार्सेलो ब्रोजोभिको पासमा गोल गरेका थिए ।

अब उपाधिका लागि इन्टरले युभेन्ट्स र फियोरेन्टिनाबीचको विजेतासँग खेल्नेछ । युभेन्ट्स र फियोरेन्टिनाको खेल आज राति हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *