लिभरपुलद्रारा म्यान्चेस्टर युनाइटेड ४-० गोल अन्तरले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई सानदार जित दिलाउको लागि मोहम्मद सलाह नायक बने । उनले दुई गोल गर्नका साथै एक असिस्ट दिए । लुइस डियाज र साडियो मानेले एक–एक गोल थपे । लिभरपुलले पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल गरेको थियो ।

खेलको पाँचै मिनेटमा नै डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले सलाहको पासमा गोल गरेका थिए । २२औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले मानेको पासमा गोल गरेका थिए ।

६८औँ मिनेटमा मानेले डियाजको पासमा गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए । ८५औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए । उनले डिएडो जोटाको पासमा गोल गरेका थिए ।

यो जितसँगै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले ३२ खेलबाट ७६ अंको जोडेको छ । लिभरपुलभन्दा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा छ । युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *