स्पेनिस ला लिगा : रियल म्याड्रिडले सेभियालाई ३-२ गोलले पराजित

एजेन्सी । स्पेनिस् ला लिगामा रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले सेभियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडलाई जित दिलाउनको लागि रोड्रिगो, नाचो फर्नान्डेस र करिम बेन्जेमाले समान एक-एक गोल गरे । सेभियाका इभान राकिटिच र एरिक लमेलाले गोल गरे ।

खेलको २१औं मिनेटमा राकिटिचले फ्रिकिकमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । २५औं मिनेटमा एरिक लमेलाले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोलले पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट कमव्यक गरे । ५०औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई खेलमा फर्कने संकेत दिए । ८२औं मिनेटमा फर्नान्डेसले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

इन्ज्युरीमा बेन्जेमाले गोल गरेपछि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार पूनरागमन जित निकाल्यो ।

यो जितसँगै रियलले यो सिजनको ला लिगा जित्ने सम्भावना बलियो बनाएको छ । रियलले दोस्रो स्थानको टोलीलाई १५ अंकले पछि पारेको छ । रियलको ३२ खेलबाट ७५ अंक पुगेको छ । दुई खेल कम खेलेको बार्सिलोना र समान खेल खेलेको सेभिया र एट्लेटिको म्याड्रिडको समान ६० अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *