चेल्सी एफए कपको फाइनलमा प्रवेश

एजेन्सी । साविकको उपविजेता चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै चेल्सीले फाइनलमा प्रवेश गरेको हो ।

चेल्सीको जितमा रुवेन लफटस चिक र मासन माउन्टले गोल गरे । दुवै गोल दोस्रो हाफको भएको थियो । ६५औं मिनेटमा रुवेन लफटसले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ७६औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीको जित पक्का गरे ।

अब चेल्सीले उपाधिका लागि लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले शनिबार राति नै म्यानचेस्टर सिटीलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल १४ मेमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *