च्याम्यिन्स लिग : रियल म्याड्रिड सेमिफाइनलमा, चेल्सी बाहिरियो

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीसँग ३-२ गाेल अन्तरले पराजित भएपनि समग्रमा ५-४ को अग्रतामा रियल म्याड्रिड अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा करिम बेन्जेमाको ह्याट्रिकमा रियलले अवे खेलमा साविक विजेता समेत रहेको चेल्सीलाई ३-१ ले हराएको थियो ।

लेगको दोस्रो खेलमा ८०औँ मिनेटसम्म रियल ३-० गोल अन्तरले पछि परेको थियो । रोड्रिगोले गोल गर्दै रियललाई खेलमा फर्काउने आशा दिलाए । रोड्रिगोले गोलले खेल समग्रमा ४-४ को बराबरीमा आयो ।

इन्ज्युरी समयमा बेन्जामाले गोल गर्दै रियललाई सेमिफाइनलमा पुर्याए । थप समयको छैटौं मिनेटमा उनले भिनिसियस जुनियरको पासमा हेडमार्फत गोल गरेका थिए ।

मासन माउन्ट, एन्टोनियो रुडिगर र टिमो वार्नरले गोल गरेपनि चेल्सी प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरियो । माउन्ट १५औं, रुडिगर ५१औं र वार्नरले ७५औं मिनेटमा गोल गरेका थिए ।

गत सिजन चेल्सीले रियललाई सेमिफाइनलमा हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *