भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । स्पेनिस क्लब भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ भने बायर्न म्युनिख प्रतियोगिताबाट बाहिएको छ ।

गएराति भएको खेलमा बायर्न म्युनिख भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएपछि समग्रमा २-१ गोल अन्तरले पराजित हुँदै लिगको क्वार्टरफाइनलबाट बाहिरिएको हो ।

पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १-० ले हराएको थियो । सामु चुक्वेजेले खेल सकिन २ मिने बाँकी रहँदा बराबरी गोल गरेपछि भिल्लारियलको अन्तिम चारको यात्रा निश्चित भएको थियो ।

५१ औं मिनेटमा रोबर्ट लेवान्डोवेस्कीको गोलमा बायर्नले घरेलु मैदानमा अग्रता बनाएको थियो । तर त्यो अग्रतालाई जोगाउन नसक्दा बायर्नको च्याम्पियन्स लिगबाट आउट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *