एसी मिलान बराबरीमा रोकियो, नेपोली पराजित

एजेन्सी । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा मिलान टोरिनोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलमा मिलानले घरेलु टोलीलाई दवावमा राखेपनि गोल भने गर्न सकेन । यो बराबरीसँगै मिलानले शीर्षस्थानमा आफ्नो अग्रता बढाउने अवसर गुमाएको छ ।

यता उपाधिकै दौडमा रहेको नेपोलीले भने हार बेहोरेको छ । नेपोली घरेलु मैदानमा फियोरेन्टिनासँग ३-२ ले पराजित भएको छ । फियोरेन्टिनाको जितमा निकोलस गोन्जालेस, जोनाथन कोन र अर्थर कावरलले गोल गरे । घरेलु टोली नेपोलीका ड्रिएस मेर्टिन्स र भिक्टर ओसिमहेनले गोल गरेपनि हार टार्न सकेन ।

योसँगै शीर्षस्थानमा रहेको मिलानको ३२ खेलबाट ६८ अंक पुगेको छ । एक खेल कम खेलेको शहरी प्रतिद्धन्द्धी इन्टर मिलानको ६६ अंक छ । नेपोलीले ६६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *