क्लेरमोन्ट फुटमाथि पीएसजीको सानदार जित

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीे क्लेरमोन्ट फुटलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सानदार जित दिलाउनको लागि फरवार्डद्वय नेयमार जुनियर र केलियन एमबाप्पेले ह्याट्रिक गरे । घरेलु टोली क्लेरन्मोटका जोडेल डोस्सोउले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा नेयमारको गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले लियोनेल मेस्सीको पासमा गोल गरेका थिए । १९औं मिनेटमा मेस्सीकै पास एमबाप्पेले नै गोल गर्दैै पीएसजीको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा जोडेलले गोल गर्दै पहिलो हाफमा २-१ स्थितिमा ल्याए ।

पहिलो हाफमा दुई गोल गरेको पीएसजीले दोस्रो हाफमा चार गोल थप्यो । ७१औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई ३-१ ले अघि बढाए । ७४औं मिनेटमा नेयरमारको पासमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४-१ को अग्रता दिलाए ।

८०औं मिनेटमा एमबाप्पेले मेस्सीको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ८३औँ मिनेटमा नेयमारले एमबाप्पेकै पासमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि पीएसजीले सनदार जित निकाल्यो ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ । पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *